काठमाडौं- अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विस्फोटमा ४ अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भएको छ।
अमेरिकी अधिकारीहरुले उक्त विमानस्थल बाहिर दुई ठूला बम विस्फोट हुँदा उनीहरुको मृत्यु भएको हो।
फक्स न्युजले विस्फोटमा ४ अमेरिकी सैनिक पनि मारिएको जनाएको छ। समाचारमा जनाइएअनुसार बम विस्फोट आतंकवादी संगठन आईएसआईएसले गरेको हो।
समाचार अनुसार एयरपोर्ट नजिकै होटलमा बम विस्फोट भएको हो। विस्फोटसँगै सुरक्षाका लागि काबुल एयरपोर्टबाट हुने हवाई उडान तत्काललाई बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।