Michele Tantussi/Reuters
काठमाडौं- जर्मन चान्सलर एन्जेला मर्केलले ३१ अगस्टको समयसीमा पछि अफगानिस्तान छाड्न चाहनेलाई मद्दत गर्ने बताएका छन्।
तालिबानले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई ३१ अगस्टसम्म अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजान समयसीमा दिएको छ। उक्त समयसीमा नबढाइने समेत तालिबानले बताएका छन्।
तर, मर्केलले अफगानिस्तानका सैनिकहरु र सहायता संगठनहरुसँग काम गर्ने र अफगानिस्तान छोड्न चाहनेलाई मद्दत गर्ने बताएकी छिन्।
मर्केलले जर्मन संसदलाई भने, ‘केही दिनमा समयसीमा अन्त्य हुनुको मतलब अफगानिस्तानका सहयोगीहरुलाई बचाउने र ठूलो आपतकालमा छोडिएका अफगानहरुलाई सहयोग गर्ने प्रयासको अन्त्य हुनु हुँदैन। हामी काबुल एयरपोर्टमा सबै स्तरहरुमा गहन रुपमा काम गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।