Photo : AFP
काठमाडौं- बुल्गेरियाले ७० अफगान नागरिक र उनीहरुको परिवारलाई शरण दिने भएको छ।
देशको कार्यवाहक प्रधानमन्त्री स्टेफान यानेभले बुल्गेरियाली दूतावासमा या अफगानिस्तानमा बुल्गेरियन सैन्य मिसनका लागि सहयोग गरेकालाई शरण दिन लागेको जानकारी दिएका हुन्।
उनले तिनीहरुलाई कहिले उद्धार गरिन्छ भन्ने मिति खुलाएनन्। यस्तै, दक्षिण कोरियाले ३०० अफगान कर्मचारीलाई शरण दिने भएको छ।
विदेश मन्त्रालयका अनुसार काबुलस्थित दक्षिण कोरियाली दूतावास र आफूले बनाएको अस्पतालसहितका क्षेत्रमा काम गर्ने स्थानीय कर्मचारीलाई उद्धार गर्न लागिएको हो।
उपविदेशमन्त्री चोई जोङ्गमुनले अफगानहरु बिहीबार आफ्नो परिवारसहित दक्षिण कोरिया आइपुग्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।