काठमाडौं- अमेरिकाले अफगानिस्तानबाट ३१ अगस्टसम्म मानिसहरुलाई निकाल्ने काम पूरा गर्नुपर्ने तालिबानका प्रवक्ताले जनाएका छन्।
३१ अगस्टसम्म अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट आफ्नो सेना पूर्ण रुपमा फिर्ता गर्ने समय तय गरेका थिए। समाचार एजेन्सी एपीका अनुसार एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले उक्त समय सीमा ३१ तारिख भन्दा अघि नबढ्ने र त्यसलाई तालिबानले स्वीकार नगर्ने बताएका हुन्।
उनले अफगानिस्तानमा जनजीवन सामान्य रहेको तर विमानस्थलमा समस्या अहिले पनि जारी रहेको बताए।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि कयौं मानिस देश छोड्न चाहिरहेका छन्। जैबिउल्लाह मुजाहिदले पढे लेखेका र दक्ष अफगानिस्तानलाई अमेरिकाले लैजान बन्द गर्नुपर्ने बताए।
उनले ३१ अगस्टपछि अफगानिस्तानबाट कुनै पनि उद्धारको काम नहुने स्पष्ट पारे।
मुजाहिदले अफगान सरकारमा महिलाकर्मीको सुरक्षा स्थितिमा सुधान नभएसम्म उनीहरु घरमा नै बस्नुपर्ने बताए।
३१ अगस्टको डेडलाइन नबढ्ने भएसँगै अमेरिकाले काबुलबाट मानिस निकाल्ने कामलाई तिब्रता दिएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले ट्वीटमा १४ अगस्टबाट अहिलेसम्म करिब ७० हजार ७ सय मानिसलाई अफगानिस्तानबाट निकालिएको छ।
अमेरिकी राष्ट्रपतिले उक्त समयसीमासम्म मानिसहरुलाई निकाल्ने काम गरिने बताएका छन् तर नेटोका केही सहयोगीहरुले भने ३१ अगस्टको समयसीमा बढाउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।