काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानमाथि तालिबानको नियन्त्रणपछि अब उसमाथिको प्रतिबन्धबारे सोच्न आवश्यक रहेको बताएका छन्।
जी-७ देशहरुको बैठक भन्दा एक दिन पहिला सोमबार ट्रुडोले तालिबानलाई क्यानडाले पहिलादेखिनै आतंकवादी मानिरहेको र अहिलेपनि उ आतंकवादीको सूचीमा रहेकाले अब प्रतिबन्धका बारेमा छलफल गर्न आवश्यक रहेको बताए।
मंगलबार जी ७ का सदस्य देश क्नाडा, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका अफगानिस्तानबारे भर्चुलअल बैठक गर्दैछन्।
क्यानडाका प्रधानमन्त्रीले आफूले यसबारे जी ७ का नेता साथीहरुसँग छलफल गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ।
जी ७को अध्यक्षता अहिले बेलायसँग रहेको छ र उसले अहिले जारी प्रतिबन्ध 'तालिबानको व्यवहारमाथि निर्भर रहने' बताएको छ। तालिबानको कब्जापछि अफगानिस्तानबाट ३१ अगस्टसम्म विदेशी सेना निस्कनु पर्नेछ तर यसबीच युरोपियन युनियन र बेलायतले उक्त समयसीमा हरेकलाई त्यहाँबाट निकाल्न असम्भव रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।