Photo : Samuel Ruiz/Handout/ Reuters
काठमाडौं- अमेरिकाले आफ्ना पुरै सैनिक फिर्ता नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ।
तालिवान समूहले सोमबार एएफपीसँग कुरा गर्दै उक्त जानकारी दिएको हो। तालिबानका प्रवक्ता सुहेल शाहीनले पश्चिमी देशका सैनिकहरुलाई अफगानिस्तान छोड्न दिइएको समयसीमा नबढाउने जनाएको छ।
अफगानिस्तान छाड्ने अन्तिम समयसीमा ३१ अगस्टसम्म रहेको छ। तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’
विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भय अमेरिका तथा यूरोपेली मुलुकहरूले लिएका छन्। त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन्।
यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाव परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।