Photo : Reuters
काठमाडौं- तालिबानले पश्चिमी देशका सैनिकहरुलाई अफगानिस्तान छोड्न दिइएको समयसीमा नबढाउने भएको छ।
तालिबानका प्रवक्ता सुहेल शाहीनले अफगानिस्तान छाड्ने अन्तिम समयसीमा ३१ अगस्टसम्म रहेको प्रष्ट पारे।
‘अमेरिकी राष्ट्रपति जो वाइडेनले यो मितिसम्म अमेरिकी सेनाहरु अफगानिस्तानबाट फिर्ता गर्ने बताइसकेका छन्। यो मितिपछि रोकिनुलाई अफगानिस्तानको कब्जा गर्ने नियत हो भन्ने बुझ्छौं,’ उनले भने।
उनले यो दृष्टिकोणमा कुनै परिवर्तन आएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार बस्ने जी ७ राष्ट्रहरुको बैठकमा राष्ट्रपति वाइडेनलाई केही समय काबुलमा आफ्ना सैनिक राख्न आग्रह गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।