Photo : Mark Humphrey/AP
काठमाडौं- अमेरिकाको टेनेसी राज्यमा बाढीका कारण २२ जनाले ज्यान गुमाएका छन्। घटनामा अन्य दर्जनौं बेपत्ता भएको बताइन्छ।
हम्फ्रीज काउन्टी शेरिफ क्रिस डेभिसले २२ जनाको मृत्यु भएको पुष्टि गरे। ‘दर्जनौं मानिस हराइरहेका छन्। बेपत्ता भएकाहरुको नाम काउन्टीको आपतकालीन केन्द्रको बोर्डमा दर्ता गरिएको छ,’ उनले भने।
मृत्यु भएकामा कतिपय बालबालिका र नवजात शिशु पनि छन्। शेरिफ डेभिसले दुई जना सात महिने जुम्ल्याहाको समेत बाढीको प्रकोपमा मृत्यु भएको छ।
ग्रामीण क्षेत्रमा बाढीको कारण सडक, मोबाइल फोन टावर र टेलिफोन लाइनहरु अवरुद्ध भएको छ। यस्तै, अधिकांश घरको छानासम्म वर्षाको पानी पुगेको छ। चार हजार घरमा विद्युत् आपूर्ति कटौती गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।