AP Photo/Rahmat Gul
काठमाडौं- तालिबानले आफ्ना लडाकूले अफगानिस्तानको उत्तरी क्षेत्रका तीन जिल्ला फिर्ता लिएको बताएको दाबी गरेको छ।
तालिबान प्रवक्ताका अनुसार मिलिशिया समूहको कब्जामा रहेको तीन जिल्ला पुन: फिर्तामा लिइएको हो।
बागलान प्रान्तको बानो, देह सालेह, पुल ई-हेसार जिल्लालाई १५ अगस्टमा राजधानी काबुल कब्जा गरेपछि तालिबानसँग सशस्त्र प्रतिरोधको पहिलो संकेत मध्ये एक स्थानीय मिलिशिया समूहहरुद्वारा कब्जा गरिएको थियो।
प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबारसम्म तालिबान सेनाले पञ्जशीर उपत्यका नजिकैको बडाखशान, तखार र अन्दरब जिल्लामा आफ्नो उपस्थिति बढाएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।