Photo : Stringer/EPA
काठमाडौं- जापानले आफ्ना नागरिक फिर्ता ल्याउन अफगानिस्तानमा एउटा सैन्य विमान पठाउने भएको छ।
जापान सरकारका प्रवक्ता कात्सुनोबु काटोले एक पत्रकार सम्मेलनमा विमानले आफ्ना मात्रै नभइ जापानी मिसनमा काम गरेका अफगानी नागरिकलाई पनि उद्धार गर्ने जानकारी दिए।
'अफगानिस्तानमा आफ्ना नागरिक मात्र नभइ जापानी दूतावास या जापानी मिसनमा काम गर्ने अफगानीहरुलाई पनि फिर्ता ल्याउने छ। जसका लागि थप सैन्य विमान पठाइने छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।