काठमाडौं- जर्मन चान्सलर एंगेला मर्केलले युक्रेनविरुद्ध विवादास्पद ग्यास पाइप लाइनको प्रयोग गरेमा रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावती दिएकी छन्।
चान्सलरको पद छोडनु अघि कीवको भ्रमणका लागि पुगेकी मार्केलले युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीसँग 'नर्ड स्ट्रीम-२' प्रोजेक्टलाई लिएर उनको चिन्तालाई आफूले बुझिरहेको बताइन्।
युक्रेन यो ग्यास पाइपलाइको बिरोध गरिरहेको छ। यो पाइप लाइनले आफ्नो देशको सुरक्षामा खतरा पुग्ने उसको भनाइ छ। ग्यास पाइप लाइन बाल्टिक सागर मुनीबाट जानेछ।
युक्रेनलाई यो प्रोजेक्टपछि यस क्षेत्रमा हुनेवाला उर्जा आपूर्तिमाथि मस्कोको नियन्त्रण बढ्दै जाने र प्रभाव अरु मजबुत हुने चिन्ता छ।
आइतबार एंगेला मर्केलसँग संयुक्त रुपमा आयोजित प्रेस कन्फ्रेन्सलाई सम्बोधित गर्दै राष्ट्रपति जेलेस्कीले यो प्रोजेक्ट 'क्रेमलिन को जियोपोलिटिकल विपन' (भूराजनीतिक हतियार) भएको बताए। यो परियोजना पूरै युरोपका लागि खतरनाक बन्ने उनले चेतावनी दिए।
मार्केलले जर्मनी र अमेरिका नर्ड स्ट्रीम २ ग्यास पाइपलाइन प्रजेक्टको प्रयोग युक्रेनको विरुद्धमा हुन नहुनेमा सहमत रहेको बताइन्।
युरोपियन संघको ग्यास जरुरतको ४० प्रतिशत रूस पहिलाबाट नै आपूर्ति गरिरहेको छ। नयाँ पाइपलाइनबाट बाल्टिक सागरको तलबाट जाने ग्यासको मात्र बढाएर हरेक वर्ष ५५ अबर क्यूबिक मीटर हुने बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।