काठमाडौं- इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको संख्या पुन: उच्च भएको छ।
सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एकै दिनमा ६८४ जनाको मृत्यु भएको छ।
योसँगै इरानमा अहिलेसम्म एक लाख दुई हजार ३८ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
त्यसैगरी देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना संक्रमित भएका छन्। तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ।
अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।