Credit: AP
काठमाडौं- बेलायतले अफगानिस्तान संकटबारे छलफल गर्न जी ७ राष्ट्रको बैठक आह्वान गरेको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार बैठक बोलाएका हुन्। अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तान संकट हल गर्ने उपाय खोज्नसमेत उनले आग्रह गरे।
‘विभिन्न देशका नागरिकको उद्धार सुनिश्चित गर्न, मानवीय संकट रोक्न, विगत २० वर्षको लाभ सुरक्षित गर्न र अफगान जनतालाई सहयोग गर्नको लागि मिलेर काम गर्न जरुरी छ,’ जोन्सनले ट्वीटरमा भने।
बेलायतले हाल जी ७ को नेतृत्व गरिरहेको छ। जी ७ मा बेलायतसहित अमेरिका, इटाली, फ्रान्स, जर्मनी, जापान र क्यानाडा सदस्य राष्ट्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।