काठमाडौं- बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी गठबन्धन सेना फिर्ता लैजाने निर्णय अनावश्यक भएको टिप्पणी गरेका छन्।
अमेरिकी गठबन्धन सेना फिर्तापछि रुस, चीन र इरानले स्थितिको फाइदा लिने उनले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तालिबानसँग सम्झौता गरेका थिए, जसको परिणाम अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय हो। उनको निर्णयलाई राष्ट्रपति जो वाइडेन प्रशासनले पनि निरन्तरता दिएको छ।
‘अमेरिकी गठबन्धन सेनाको फिर्ता खेदजनक, खतरनाक र अनावश्यक छ,’ उनले भने। २० वर्ष पहिले ब्लेयर प्रधानमन्त्री हुँदा बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।