काठमाडौं- अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले शिशुलाई जन्म दिएकी छन्।
आइतबार यूएस एयर मोबिलिटी कमाण्डले ट्वीटरमार्फत् ती महिलाले आफ्नो परिवारसँग अफगानिस्तानबाट जर्मनी जाँदै गर्दा शिशुलाई जन्म दिएको जानकारी दिएको हो।
‘ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनी जाँदै थिइन्। त्यही समयमा उनले एक शिशुलाई जन्म दिइन्,’ ट्वीटरमा लेखिएको छ।
विमानको एक कमाण्डरका अनुसार महिलाको अवस्था बिग्रन थालेपछि हावाको चाप बढाउन विमानलाई तल उडाइएको थियो। यसले आमाको जीवन बचाउन मद्दत गर्यो र अवस्था सन्तोषजनक रह्यो।
‘विमान अवतरण गरेपछि अमेरिकी सेनाका डाक्टरहरु चढेर शिशुलाई जन्म दिन मद्दत गरे। अहिले आमा र शिशु दुवै खतरामुक्त छन्। उनीहरुलाई नजिकैको अस्पताल लगिएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।