काठमाडौं- तालिबान प्रवक्ता मुहम्मद नईमले पञ्जशीर मुद्दा बल या वार्ताद्वारा समाधान गर्ने चेतावनी दिएका छन्।
बीबीसी फारसीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन्। अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको पञ्जशीर उपत्यका तालिबान विरोधी सेनाहरुको अन्तिम प्रमुख गढ हो।
काबुलको उत्तरमा हिन्दूकुश पहाडमा रहेको पञ्जशीर उपत्यका लामो समयदेखि तालिबानको प्रतिरोधको केन्द्रको रुपमा परिचित छ।
विश्लेषकहरुका अनुसार यदि तालिबानले पञ्जशीरमा आक्रमण गरे भने त्यहाँ भेला भएका सशस्त्र समूहहरु उनीहरुसँग लड्नेछन्। यद्यपि, उनले भने,‘ हामी पञ्जशीर मुद्दा बल या वार्ताद्वारा समाधान गर्नेछौं।’
शनिबार मात्रै तालिबानको कब्जामा रहेको अफगानिस्तानको बगलान प्रान्तका तीन जिल्ला सरकारको एक समूहले पुनस् फिर्ता लिएको दाबी गरिएको छ।
बीबीसी फारसीका अनुसार उक्त समूहले तालिबान लडाकूहरुलाई पराजित गरेर पाली हिसार, डी सलाह र बानो जिल्ला फिर्ता लिएका हुन्। बगलान पञ्जशीरको छिमेकी प्रान्त हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।