• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डेढ महिना बित्दा पनि हुन सकेन लेखापालको सरुवा, प्रहरीले पाएनन् तलब

रासनको जिल्लागत दररेट मिलान नहुँदा समस्या
64x64
नारायण अधिकारी आइतबार, भदौ ६, २०७८  १५:२५
1140x725

काठमाडौं- नेपाल प्रहरीका लेखापालको नियमित सरुवा हुने मिति नाघेको डेढ महिना बितिसक्दासमेत सरुवा हुन सकेको छैन।

प्रहरी प्रधान कार्यालयले लेखापालको सरुवा असार अन्तिम साताभित्र गर्दै आएको थियो। तर यो पटक भने भदौको पहिलो साता बितिसक्दासमेत लेखापालको सरुवा हुन सकेको छैन।

एक प्रहरी कार्यालयका लागि आवश्यक पर्ने एक वर्षको बजेट सुरुमै निकासा हुनेगर्छ। एक मुष्ट रकम आउने उक्त बजेट चलाउन पाउने भएकाले ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। यस्तै अवस्थ प्रतिस्पर्धाका कारण सरुवाको मिति नाघेको डेढ महिना बितिसक्दा पनि लेखापालहरुको सरुवा हुन सकेको छैन।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ठूलो बजेट भएको कार्यालयमा सरुवा भएर जान लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत् तीव्र लबिङ गरेका थिए। त्यसपछि गृह मन्त्रालयकै निर्देशनमा तत्कालका लागि सरुवा रोकिएको हो। यसबारे जिज्ञासामा नेपाल प्रहरीका एसएसपी वसन्त कुँवर भन्छन्, ‘यो वा ऊ कारण रोकिएको भन्दा पनि हामी जतिसक्दा चाँडो सरुवा गर्ने तयारीमा छौं।’

लेखापालको तालिम प्रवेशदेखि नै सरुवासम्ममा आकर्षक जिल्लामा जानका लागि पैसा र पहुँचको प्रयोग बढी हुन थालेको भन्दै उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा 'पोलिस कोअर्डिनेसन कमिटी (पीसीसी)'बाट सुरुमा आठ वर्षे  नीति ल्याइएको थियो। अर्यालको पालामा चलखेलकै कारण साउन १८ गते लेखापालको सरुवा भएको थियो। त्यो भन्दा ढिलासम्म लेखपालाको सरुवा रोकिएको भने अहिले नै हो।

आठ वर्षसम्म लेखापालमा रहने व्यवस्थालाई पछि छ वर्षमा झारिएको थियो। अहिले एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको छ वर्षसम्म मात्रै लेखामा राख्नसक्ने व्यवस्था बनाइएको छ। असईदेखि इन्स्पेक्टरसम्मका दर्जाहरु लेखापाल बन्नसक्ने व्यवस्था छ। सानो-ठूलो कार्यालयअनुसार असईदेखि इन्स्पेक्टरसम्मका लेखापाल हुने गर्छन्।

एक प्रहरी कार्यालयका लागि वर्षभरिमा चाहिने बजेट एकमुष्ट आउने भएकाले प्रहरीमा लेखापाल निकै आकर्षक मानिन्छ। विभिन्न टीए, डीए, रासनभत्ता, तलबलगायतका लागि आएका बजेट खर्च लेखापालमार्फत् नै हुने भएपछि लेखापालको तालिममा गर्नसमेत चलखेल हुँदै आएको छ।

‘क’ वर्गका कार्यालय वा जिल्लाबाट ‘क’ मै सरुवा नगर्ने नीति छ। बजेट धेरै आउने हुँदा अधिकांश लेखापालहरुले ‘क’ वर्गको कार्यालयमा सरुवा हुन शक्तिकेन्द्रमार्फत् दबाब दिने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले पाएनन् तलब
लेखापालको सरुवा रोकिँदा प्रहरी कर्मचारीले नियमित पाउँदै आएको मासिक तलबसमेत अहिलेसम्म पाउन सकेका छैनन्। हरेक दुई-दुई वर्षमा लेखापालको सरुवा गरिँदै आएको छ। एक ठाउँका प्रहरी कार्यालयमा लेखापालको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएपछि सरुवाको पर्खाइमा बसेका लेखापालहरुको सरुवा रोकिँदा त्यस मातहतका प्रहरी कर्मचारीले अहिलेसम्म तलब भत्ता नपाउने अवस्था आएको हो।

एक कार्यालयमा बसेको दुई वर्ष पूरा भइ सरुवा भएर जाने लेखापालले नयाँ आर्थिक वर्षको बजेट चलाउन पाउँदैनन्। त्यस ठाउँमा सरुवा भएर आउने नयाँ लेखापालले मात्रै चालु आर्थिक वर्षको बजेट चलाउनसक्ने भएकाले दुई वर्ष पूरा भएका लेखापाल भएका कार्यालयहरुमा प्रहरी कर्मचारीले अहिलेसम्म तलबभत्ता नपाउने स्थिति आएको हो।

सामान्यता प्रहरीमा २५ गतेभित्र तलबभत्ता खुवाउने प्रचलन भए पनि यसपटक अर्को महिनाको पहिलो साता बितिसक्दासमेत तलबभत्ता नपाउने स्थिति आएको हो। काठमाडौं उपत्यकामै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी कर्मचारीले समेत अहिले तलबभत्ता बुझ्न नपाएको अवस्था छ।

भदौ महिनाको पहिलो हप्ता बितिसक्दासमेत लेखापालको सरुवा रोकिँदा तलबभत्ता नपाउने स्थिति आएपछि तलबभत्ता खुवाउनकै लागि भए पनि दुई वर्ष पूरा भएका लेखापालले नै चालु आर्थिक वर्षको २०७८/७९ को बजेट चलाउनुपर्ने स्थिति आएको छ। अहिलेसम्म पनि सरुवा नभएपछि दुई वर्ष पूरा कार्यकाल बिताएका लेखापालले नै तलब आफ्नो कार्यालयका कर्मचारीको तलबभत्ता हाल्ने तयारी गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रासनको जिल्लागत दररेट अहिलेसम्म मिलान भएन 
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको रासनभत्ता १५ प्रतिशत वृद्धि गरिएको घोषणा गरेका थिए।

प्रहरी र सशस्त्रमा पाँच वर्षसम्म रासनभत्ता वृद्धि नभएको भन्दै ५० प्रतिशत वृद्धि गरिनुपर्ने माग राखिए पनि १५ प्रतिशत मात्रै बढाइएको घोषणा बजेटमा गरिएको थियो। तर, घोषणा गरिएको १५ प्रतिशत पनि अहिलेसम्म जिल्लागत दररेट मिलान नगर्दा समस्या भएको छ।

यी दुवै सुरक्षा निकायमा जिल्लाअनुसार रासनभत्ताको दररेट फरक-फरक हुन्छ। १५ प्रतिशत वृद्धिको घोषणा हुनुअघिसम्म जिल्लाअनुसार ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासनबापतको भत्ता सुरक्षाकर्मीले बुझ्दै आएका थिए।

तर, वृद्धि भएको भनिएको १५ प्रतिशत पछि जिल्लागत दररेट मिलान नगर्दा अहिलेसम्म प्रहरी र सशस्त्रले रासनबापतको भत्ता बुझ्न पाएका छैनन्। ‘१५ प्रतिशत वृद्धि भएर आएको त भनिएको छ। जिल्लाअनुसारको दररेट मिलान नभइकन त्यहीअनुसार हामीले १५ प्रतिशत बढाएर दिन मिल्दैन। अहिलेसम्म दररेट मिलान नगर्दा रासनबापतको रकम बाँडफाँटमा पनि समस्या भएको छ,’ एक लेखापालले नेपाल लाइभसँग भने, ‘अर्थले जिल्लागत दररेट नुछट्याउँदा समस्या भएको छ।’

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्