काठमाडौं- टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले भावी सरकारबारे तालिबान र अफगानिस्तानका पूर्वनेताहरु बीच चलिरहेको वार्ता आशाजनक भएको टिप्पणी गरेका छन्।
आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको फोनवार्ता पछि उनले उक्त टिप्पणी गरेका हुन्।
काबुल प्रान्तका तालिबान इन्चार्ज अब्दुल रहमान मन्सूरले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद करजई र उच्च मेलमिलाप परिषद्का प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहलाई शनिबार भेटेका थिए।
एर्दोगानको कार्यालयका अनुसार दुबै नेता अफगानिस्तानको भावी सरकारसँगको सम्बन्धमा अर्को चरणको समन्वय गर्न सहमत भएका छन्।
एर्दोगानले नयाँ सरकार देशका सबै जातीय समूहहरुको प्रतिनिधित्व गर्न समावेशी हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।