काठमाडौं- अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन्। तालिबानले केन्द्रीय राजधानी काबुल कब्जासँगै बैंकहरु खुल्न नसकेका हुन्।
तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खालि भएका छन्। जसका कारण आम जनताले धेरै समस्या भोग्नु परेको छ।
यस्तै, वेस्टर्न युनियनका शाखाहरु पनि बन्द भएका छन्। विदेशमा काम गर्नेहरुले वेस्टर्न युनियनबाट देशमा पैसा पठाउँदै आएका छन्।
‘पैसा सकिएको छ र काबुलसहित अन्य शहरहरु पनि पैसाको अभाव छ। स्टाफलाई दिने पैसा छैन र खाना र पेय पदार्थको अभाव छ। यहाँको स्थिति असहज छन्,’एक पूर्वसैनिक पेन फार्थि सेसले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।