काठमाडौं- तालिबान इन्चार्ज अब्दुल रहमान मन्सूरले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद करजई र उच्च मेलमिलाप परिषद्का प्रमुख डा अब्दुल्लाह अब्दुल्लाहलाई भेटेका छन्।
तालिबानको त्रासले हजारौं नागरिकहरु अफगानिस्तान छाडेर अन्य देशमा शरण लिन पुगिरहेको बेला उनीहरुबीच भेट भएको हो।
भेटमा अब्दुल्लाले तालिबान अधिकारीहरुलाई भने ‘काबुलका जनताको सुरक्षा र सुरक्षा सबैको पहिलो प्राथमिकता हुनुपर्दछ।’
उनका अनुसार तालिबानले यस विषयमा काबुलका जनताको सुरक्षा गर्न कुनै कसर बाँकी नराख्ने उत्तर दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।