Photo : AkbarMohmand
काठमाडौं- तालिबानको कब्जामा रहेको अफगानिस्तानको बगलान प्रान्तका तीन जिल्ला सरकारको एक समूहले पुन: फिर्ता लिएको दाबी गरिएको छ।
बीबीसी फारसीका अनुसार उक्त समूहले तालिबान लडाकूहरुलाई पराजित गरेर पाली हिसार, डी सलाह र बानो जिल्ला फिर्ता लिएका हुन्। बगलान पञ्जशीरको छिमेकी प्रान्त हो।
अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको पञ्जशीर उपत्यका तालिबानविरूद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ।
काबुलको उत्तरमा हिन्दुकुश पहाडले घेरिएको पञ्जशीर उपत्यका लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा परिचित छ।
विश्लेषकहरुका अनुसार यदि तालिबानले पञ्जशीरमा आक्रमण गरे भने त्यहाँ भेला भएका विपक्षी समूह उनीहरुसँग लड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।