काठमाडौं- तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन्। अफगानिस्तानमा नयाँ सरकारको गठनको उद्देश्यले उनी काबुल पुगेको बताइएको छ।
तालिबानका एक वरिष्ठ अधिकारीले सामाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले काबुलमा रहँदा तालिबानका अन्य सदस्य र नेतासँग कुराकानी गर्ने बताए।
‘उहाँले एक समावेशी सरकार स्थापनाका लागि काबुलको जिहादी नेता र अन्य मानिसहरुलाई भेट्नुहुनेछ,’ उनले भने।
बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो। सन् २०१८ मा उनलाई कतार पठाइएको थियो।
दोहामा अमेरिकी सैनिकको फिर्ताको सम्झौतामा हस्ताक्षरका लागि तालिबानको राजनीतिक कार्यालयका प्रमुखमा उनलाई नियुक्त गरिएको थियो।
बरादर मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए। जसलाई तालिबानको जन्मस्थल पनि मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।