काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले काबुलमा फसेका अमेरिकीलाई निकाल्न थप फौज पठाउन आवश्यक नरहेको बताएका छन्।
ह्वाइट हाउसमा बोल्दै वाइडेनले अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारको उद्धार गरेको बताएका छन्। जुन इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा मुस्किल एयरलिफ्ट भएको बताए।
उनले भने, ‘काबुलमा फसेका अमेरिकीलाई निकाल्नका लागि अमेरिकी फौजलाई पठाउन आवश्यक छैन। अमेरिकी पासपोर्ट भएका कुनै पनि व्यक्तिलाई तालिबान एयरपोर्टमा प्रवेशको अनुमति दिइरहेको छ।’
उनले सबै अमेरिकीसमेत सैनिकको मद्दत गर्ने र ५०–६५ हजार अफगान मानिसहरुलाई पनि निकालिने बताए।
उनले भने, ‘कोही पनि अमेरिकी जो आफ्नो घर जान चाहन्छन्, हामी उनीहरुलाई घर ल्याउनेछौं। यद्यपि,अमेरिकी नागरिकलाई निकाल्नु प्राथमिकता हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।