काठमाडौं- अफगानिस्तानको राजधानी काबुल नजिकैको क्षेत्रबाट १५० जनाभन्दा बढीलाई तालिबानले अपहरण गरेको दाबी गरिएको छ।
अफगानिस्तानका सञ्चारमाध्यमहरुका अनुसार तालिबानले शुक्रबार हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट उनीहरुलाई अपहरण गरेका थिए।
यसअघि अफगानिस्तानको सञ्चारमाध्यम काबुल नाउले एक स्रोतलाई उद्धृत गर्दै अपहरणमा परेका केही अफगान नागरिक र अफगान सिखहरु रहेको बताइएको थिया। तर, उनीहरुमध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ।
‘उनीहरु सबै बिहान १ बजेर तिर आठ मिनी भ्यानमा चढेर काबुल विमानस्थलबाट बाहिर निस्कने क्रममा थिए। तर, उनीहरु विमानस्थल प्रवेश गर्न सकेनन्। त्यहीबेला हतियार नबोकेका तालिबान नजिक आए र उनीहरु सबैलाई काबुलको पूर्वीतर्फ रहेको ताराखिलमा लगें, उनीहरुलाई शारीरिक रुपमा कुटपिट गरे,’ समाचारमा लेखिएको छ।
यसैबीच, तालिबानका प्रवक्ता अहमदुल्लाह वसेकले भारतीय नागरिकको अपहरण सम्बन्धित मिडिया रिपोर्टलाई अस्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।