काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा ३४ हजार ४ सय ५७ जनामा कोरोना संक्रमणका देखिएको छ।
शनिबार भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ३ सय ७५ जनाको मृत्यु भएको छ।
भारतमा ३ लाख ६१ हजार ३ सय ४० सक्रिय संक्रमित रहेका छन् जुन् १५१ दिनमा सबैभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म भारतमा ४ लाख ३३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। अहिलेसम्म ५७ करोड ६१ लाख भन्दा धेरै मानिसले कोरोनाको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।