Photo : EPA
काठमाडौं- उज्वेकिस्तानले १५० अफगानी शरणार्थीलाई अफगानिस्तान फिर्ता पठाएको छ।
उज्वेकिस्तानले विदेश मन्त्रालयले तालिबानसँगको सम्झौता अनुसार उनीहरुलाई फिर्ता पठाएको रुसी समाचार एजेन्सी तासले जनाएको छ।
‘केही नगर्ने ग्यारेन्टी तालिबानले दिएपछि शरणार्थीहरुलाई अफगानिस्तान फर्काइएको हो,’ मन्त्रालयले भनेको छ।
तालिबानबाट ज्यान जोगाएर भागेका १ हजार ५०० बढी अफगानी छिमेकी उज्वेकिस्तान पसेको दाबी गरिएको छ। जहाँ केही शरणार्थी अहिले सीमा नजिकै पाल टाँगेर बसेका छन्।
उज्वेकिस्तानस्थित अफगानी दूतावासका प्रतिनिधिले शरणार्थीहरुलाई कहाँ राखिएको थियो र उनीहरु कसरी त्यहाँ पुगे भन्ने खुलाएका छैन।
एक अधिकारीले भने केही शरणार्थी हाल टेर्मिज शहर (सीमा) नजिकै सुरखण्डार्य क्षेत्रमा र टर्मेजमा रहेको बताएका छन्।
दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्ता आउने तयारी गरेसँगै डरले हजारौँ अफगानी नागरिक शरण लिन अन्य मुलुक पुगिरहेका छन्।
कानुनी प्रकृया पुरा नगरि हजारौँ अफगानीहरु पहिले नै इरान पुगिसकेका छन्। भागे आएका अफगानहरु अहिले इरानबाट लामो यात्रा तय गरेर टर्कीको सीमा क्षेत्रमा पुगेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अफगानिस्तानको सेना तथा सेनाको जागिर छाडेका र तालिबानको आक्रमण तीव्र भएपछि देश छोडेर भागेकाहरु धेरै रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।