Photo : Shakib Rahmani/AFP]
काठमाडौं- तालिबान विद्रोहीले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अन्य दिनको तुलनामा शुक्रबार त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ।
आज कुनै तालिबानले मस्जिदको प्रवेश र विगतमा जस्तो ड्रेस कोडमाथि प्रतिबन्ध लागू नगरेको स्थानियहरुले बताएका छन्।
केही मस्जिदमा प्रार्थनाको लागि सामान्यभन्दा धेरै संख्यामा मानिसहरुको उपस्थिति रहेको काबुल निवासी जावेद सफीले जानकारी दिए।
‘मानिसहरु विगतको जस्तै सामान्य थिए, तर उनीहरु धेरै थिए,’ उनले भने, ‘जीन्स लगाएका मानिसहरु पनि प्रार्थनामा भाग लिए। अहिलेसम्म कुनै प्रतिबन्ध लगाइएको छैन।’
उनले कसैमाथि लुगाकै आधारमा प्रतिबन्ध लगाउन नहुने बताए। ‘कुनै कुरामाथि प्रतिबन्ध हुनुहुँदैन। हामी पहिलेदेखि नै मुस्लिम हौं भन्ने बुझ्नुपर्छ,’ उनले भने,‘तालिबानले एक सफल सरकार निर्माण गर्ने लक्ष्य राख्नुपर्छ।’
पूर्वी काबुलका एक इमाम बशीर वर्दकले अफगानिस्तानले दशकौं लामो रक्तपात रोक्न एकजुट हुनुपर्ने बताए। ‘अल्लाहले हामीलाई शान्ति र भाइचाराको आदेश दिएका छन्। त्यसैले हामी एकजुट हुनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।