Photo : AFP
काठमाडौं- चीनले अफगानी शरणार्थी संकटलाई हल गर्न मौलिक तरिका अर्थात सम्बन्धित गुटहरुबीच ‘संवाद र सञ्चार’ आवश्यक रहेको बताएको छ।
विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले नियमित प्रेस ब्रिफिङमा उक्त कुरा बताएकी हुन्।
उनले अफगानिस्तानमा थप युद्ध र हताहतको अवस्था रोकथामका लागि ठोस अन्तर्राष्ट्रिय प्रयास खाँचो रहेकोसमेत औँल्याएकी छिन्।
शुक्रबार मात्रै संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन उसका छिमेकी मुलुकसँग आग्रह गरेको छ। तर, चीनले भने अफगानी नागरिकलाई शरण दिने कि नदिने स्पष्ट पारेको छैन।
अमेरिकाले अहिलेसम्म हजार मानिसहरु उद्धार गरेको बताएको छ। यसअघि नेटोका अधिकारीले अफगानिस्तानबाट १८ हजार मानिसहरु उद्धार गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।