Photo : Mohammad Javadzadeh/Iranian Red Crescent/AFP
काठमाडौं- संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन उसका छिमेकी मुलुकसँग आग्रह गरेको छ।
यूएनएचसीआरका प्रवक्ता शाबिया मन्टुले अहिले अधिकांश अफगानी नागरिकहरु आफ्नो घर फर्किन नसकेको र उनीहरुले अन्यत्र जाने बाटो नपाएको बताएका छन्।
तालिबानले अफगानीहरुलाई कुनै किसिमको दुःख नदिने भन्दै आश्वस्त गराउने प्रयास गरे पनि मानिसहरु भने ढुक्क हुन सकेका छैनन्।
त्यसैले कतिपय अफगानी उद्धारको पर्खाइमा छन्। अमेरिकाले अहिलेसम्म हजार मानिसहरु उद्धार गरेको बताएको छ। यसअघि नेटोका अधिकारीले अफगानिस्तानबाट १८ हजार मानिसहरु उद्धार गरेको जनाएको छ।
‘यूएनएचसीआर महिला र केटीहरुसहित यो विकसित सन्दर्भमा नागरिकहरुविरुद्ध मानव अधिकार उल्लंघनको जोखिमबारे मा चिन्तित छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।