काठमाडौं- एक जर्मन नागरिकलाई अफगानिस्तानको केन्द्रीय राजधानी काबुल विमानस्थलमा गोली हानिएको छ। उनीमाथि कसले गोली चलाएको हो खुल्न सकेको छैन।
जर्मन सरकार प्रवक्ताले उनीमाथि गोली प्रहार गरेको पुष्टि गरेको छ। तर, उनको ज्यान जोखिममा नरहेको र चाँडै उनलाई अफगानिस्तानबाट उद्धार गरिने जनाइएको छ।
‘काबुल विमानस्थल जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको हो। उनी घाइते भएका छन्। उनको उपचार चलिरहेको छ, तर उनको जीवन खतरामा छैन। उनलाई चाँडै बाहिर निकालिनेछन्, प्रवक्ताले बर्लिनमा नियमित पत्रकार सम्मेलनमा भने।
यसैबीच, रक्षा मन्त्रालयले काबुलमा दुई हल्का खाले हेलिकप्टर पठाउने भएको छ। उक्त हेलिकप्टरले जोखिममा वा दुर्गम क्षेत्रमा रहेका जर्मनको उद्धार गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।