काठमाडौं- पछिल्लो २४ घन्टामा भारतमा थप ३६ हजार ५ सय ७१ कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा थप ५ सय ४० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३ लाख ६३ हजार छन्। यससँगै भारतको ३ करोड २३ लाख भन्दा धेरै भएको छ भने कोरोनाका कारण अहिलेसम्म ४ लाख ३३ हजार बढीको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ५७ करोड २२ लाख भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।