काठमाडौं- तालिबानबाट ज्यान जोगाएर भागेका करिब १ हजार ५०० अफगानिस्तान छिमेकी उज्वेकिस्तान पसेका छन्। जहाँ केही शरणार्थी अहिले सीमा नजिकै पाल टाँगेर बसेका छन्।
उज्वेकिस्तानस्थित अफगानी दूतावासका प्रतिनिधिले शरणार्थीहरुलाई कहाँ राखिएको थियो र उनीहरु कसरी त्यहाँ पुगे भन्ने खुलाएका छैन।
एक अधिकारीले भने केही शरणार्थी हाल टेर्मिज शहर (सीमा) नजिकै सुरखण्डार्य क्षेत्रमा र टर्मेजमा रहेको बताएका छन्।
दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्ता आउने तयारी गरेसँगै डरले हजारौँ अफगानी नागरिक शरण लिन अन्य मुलुक पुगिरहेका छन्।
कानुनी प्रकृया पुरा नगरि हजारौँ अफगानीहरु पहिले नै इरान पुगिसकेका छन्। भागे आएका अफगानहरु अहिले इरानबाट लामो यात्रा तय गरेर टर्कीको सीमा क्षेत्रमा पुगेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अफगानिस्तानको सेना तथा सेनाको जागिर छाडेका र तालिबानको आक्रमण तीव्र भएपछि देश छोडेर भागेकाहरु धेरै रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।