काठमाडौं- आइतबारदेखि बिहीबारसम्ममा अफगानिस्तानको काबुल विमानस्थलमा १२ जनाको मृत्यु भएको छ।
तालिबानका एक अधिकारीले नाम नबताउने शर्तमा समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार उनीहरुको गोली लागेर र विमानस्थलमा भागदौड हुँदा ज्यान गएको हो।
तालिबानका अधिकारीले यदी यात्राका लागि वैध कागजात नभए विमानस्थलमा आएर भीड नगरिदिन आग्रह गरिरहेका छन्। उनले भने "विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन।"
यसअघि अमेरिकी वायुसेनाले सोमबारपनि मानिसहरुको मृत्यु भएको र यसबारेमा जाँच भइरहेको बताएको थियो तर उसले मृतकको संख्या भने बताएको थिएन।
अमेरिकी वायुसेनाले कार्गो विमान कतारमा उत्रदा त्यसको पांग्रामा मानव अवशेष फेला परेको जनाएको थियो।
१५ अगस्टमा तालिबानले राजधानी काबुलमाथि कब्जा गरेको थियो। त्यसपछि ठूलो मात्रमा अफगानीस्तान छाडेर बाहिर जानखोज्नेहरु विमानस्थल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।