काठमाडौं– तालिवान लडाकुको समूह राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानबाट भागेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन्।
आइतबार देश छोडेका राष्ट्रपति घानी आफ्नो शरणमा पुगेको युएईको विदेश मन्त्रालयले जनाएको छ।
मानवीय नाताले घानी र उनको परिवारलाई स्वागत गरिएको युएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिएको हो।
बुधबार भिडियो सन्देश जारी गरेर घानीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन्। देशमा गम्भीर विपदको अवस्था आउन नदिन आफूले देश छोडेको उनको भनाइ छ।
‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो,’ उनले सन्देशमा भनेका छन्, ‘अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु।’
फेसबुकमा लाइभ गरिएको भिडियो सन्देशमा राष्ट्रपति घानीले आफूलाई सुरक्षा बलले राष्ट्रपति निवासबाट बाहिर जान सहयोग गरेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।