Alberto Pezzali/AP Photo
काठमाडौं- बेलायतमा रहेका अफगानी नागरिकहरुले आफ्ना परिवारका सदस्यहरुलाई छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गर्दै प्रदर्शन गरेका छन्।
बुधबार लण्डनस्थित संसद बाहिर जम्मा भएका उनीहरुले अफगानिस्तानमा तालिबान शासन फर्किएको भन्दै आफ्ना परिवारका सदस्यहरु सुरक्षित नरहेको बताए।
‘हाम्रा आफन्तहरु त्यहाँ सुरक्षित छैनन्। उनीहरुलाई सरकारले तुरुन्तै उद्धार गर्नुपर्छ,’ प्रदर्शनमा उत्रिएकाहरुले भने।
बेलायत सरकारले बेलायतका नागरिकहरु र अफगानिस्तानका सेनाहरुलाई उद्धार गरिरहेको छ।
यस्तै, उनीहरुको सुरक्षित उद्धारका लागि लगभग ९०० सैनिकहरु तैनाथ गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।