Photo : AFP
काठमाडौं- अफगानिस्तानको काबुल विमानस्थलमा पुन: गोली चलेको छ। भीड तितरबितर पार्न तालिबान सैनिकले ‘हवाई फायर’ गरेका हुन्।
‘हाम्रो कसैलाई चोट पुर्याउने कुनै इरादा छैन। भीड तितरबितर बनाउन तालिबान कमाण्डर र सैनिकले हवाई फायर गरेका हुन्,’ एक तालिबान नेताले समाचार एजेन्सी रोयटर्सलाई भने।
तालिबानले भने आफूहरुले शान्ति चाहेको बताउँदै कसैसँग बदला लिने मनस्थिति नबनाएको स्पष्ट पारेको छ।
यद्यपि, दुई दशकभन्दा बढी अमेरिकी नेतृत्वको विदेशी सेनाहरुलाई सहयोग गरेका हजारौं अफगानिस्तानहरु देश छाड्न आतुर देखिएका छन्।
त्यसैका कारण ठूलो भीड जम्मा भएको उनको भनाइ छ। ‘विमानस्थल बाहिर ठूलो भीड लाग्ने क्रम जारी छ,’ ती नेताले भने,‘यसलाई थेग्न हम्म हम्मे परेको छ।
तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि विभिन्न व्यक्तिहरुलाई बाहिर निकाल्ने प्रयास तीव्र पारिएको छ।
एक पश्चिमी अधिकारीले भने, ‘पाँच हजार कूटनीतिज्ञ, सुरक्षा कर्मचारी, सहायताकर्मी र अफगानिस्तानलाई पछिल्लो २४ घण्टामा राजधानी काबुलबाट निकालिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।