काठमाडौं- अफगानिस्तानबाट पछिल्लो २४ घण्टामा ५ हजारभन्दा बढी कूटनीतिज्ञ र अन्य नागरिकलाई सैन्य उडानमार्फत् उद्धार गरिएको छ।
तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि विभिन्न व्यक्तिहरुलाई बाहिर निकाल्ने प्रयास तीव्र पारिएको छ।
एक पश्चिमी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘पाँच हजार कूटनीतिज्ञ, सुरक्षा कर्मचारी, सहायताकर्मी र अफगानिस्तानलाई पछिल्लो २४ घण्टामा राजधानी काबुलबाट निकालिएको छ।’
उनका अनुसार सैन्य उडान चौबीसै घण्टा जारी रहनेछ। तर, तालिबानले भने आफूहरुले शान्ति चाहेको बताउँदै कसैसँग बदला लिने मनस्थिति नबनाएको स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।