Photo : Reuters
काठमाडौं- पोल्याण्डले अफगानिस्तानबाट करिब ५० जनालाई उद्धार गरेको छ। पोल्याण्डले करिब १०० जनालाई उद्धार गर्ने सूची तयार पारेको छ। तर, बुधबारसम्म आधाको मात्रै उद्धार गरिएको विदेशमन्त्रीले जनाएको छ।
‘लगभग ५० जनालाई अफगानिस्तानबाट निकालियो। उनीहरु उज्वेकिस्तानस्थित पोलिस वाणिज्य दूतावासको हेरविचारमा सुरक्षित छन्,’ मन्त्रालयले भनेको छ,‘अन्य व्यक्तिहरु पनि उद्धारको पर्खाइमा छन्। उनीहरुको उद्धारको लागि एक विमान पठाइएको छ।’
मन्त्रालयले उद्धार गरिएको ५० जनामा एक जना पोलिस सेना र कूटनीतिक मिसनसँग काम गर्ने नागरिक रहेका थिए।
यस्तै, काबुलबाट अन्य व्यक्तिहरुको उद्धार गर्ने आफूहरुले वचन दिएपनि हिंसात्मक कार्य भएको कारण त्यो पुरा गर्न नसकिएको मन्त्रालयले जनाएको छ।
‘काबुल एयरपोर्टबाट अफगानिस्तान छोड्न खोज्ने अन्य मानिसहरुलाई हाम्रो विमानमा स्थान दिइने वचन दिइएको थियो। तर, त्यहाँ हिंसात्मक कार्य भएको कारण केहीलाई निकाल्न सकिएन। पोल्याण्डले उनीहरुको लागि थप विमान पठाउँदैछ,’ मन्त्रालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।