Photo : Aref Karimi/AFP
काठमाडौं- अफगानिस्तान महिला परिषद्की अध्यक्ष फताना गैलानीले तालिबानले अफगानी महिलाहरुको भविष्यका लागि ल्याइने कानुन (शरिया)बारे तालिबानले स्पष्ट पार्नुपर्ने बताएकी छन्।
अलजजिरासँग कुरा गर्दै उनले अफगानी महिलाहरुको अधिकार संकुचित पार्ने खालको कानुन आफूलाई मान्य नरहेको समेत बताएकी छन्।
‘मैले अफगानिस्तानको महिला अधिकारको लागि तीन चार दशकभन्दा बढी काम गरेको छु। म तालिबानसँग डराउँदिन। तालिबानले अफगानिस्तानमा कुन प्रकारको शरिया ल्याइरहेछन् भन्ने कुरा बताउनु पर्छ,’ उनले भनिन्।
उनले आफू शिरियाबाट नडाउने समेत बताएकी छन्।
‘अफगानिस्तानका मानिसहरु र अफगानी महिलाहरु मुसलमान हुन्, हामी शरियाको नामबाट डराउँदैनौं। तर, हामी पक्का हुन चाहन्छौं कि उनीहरु महिला अधिकारको बारेमा के भन्छन्। अहिलेसम्म उनीहरु धेरै राम्रो तरिकाले महिला अधिकारको बारेमा कुरा गरिरहेछन्, धेरै दयालु। तर, हामी अफगान महिलाहरुको भविष्य के हो हेर्न चाहन्छौं,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।