• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

तालिबानले शान्ति स्थापना गर्ने प्रतिज्ञा गरेपनि अफगानिस्तानबाट बाहिरिनेको संख्या बढ्यो

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  १६:३५
1140x725
Photo : Ben Shread/UK MOD/Handout via Reuters

काठमाडौं- अफगानिस्तानबाट २२ सयभन्दा बढी कूटनीतिज्ञ र अन्य नागरिकलाई सैन्य उडानमार्फत् उद्धार गरिएको छ। तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि विभिन्न व्यक्तिहरुलाई बाहिर निकाल्ने प्रयास तीव्र पारिएको छ। 

तर, तालिबानले भने आफूहरुले शान्ति चाहेको बताउँदै कसैसँग बदला लिने मनस्थिति नबनाएको स्पष्ट पारेको छ। यस्तै, इस्लामिक कानुनको दायरा भित्र महिलाहरुको अधिकारको सम्मान गर्ने पनि जनाएको छ।

तर, दुई दशकभन्दा बढी अमेरिकी नेतृत्वको विदेशी सेनाहरुलाई सहयोग गरेका हजारौं अफगानिस्तानहरु देश छाड्न आतुर देखिएका छन्। 

एक पश्चिमी सुरक्षा अधिकारीले बुधबार रोयटर्सलाई भने,‘हामीले उद्धार कार्यलाई तीव्र बनाएका छौं। अहिलेसम्म २२ सयभन्दा बढी कूटनीतिक कर्मचारी, विदेशी सुरक्षा कर्मचारी र दूतावासहरुमा काम गर्ने अफगानीहरुलाई बाहिर निकालिसकेका छौं।’

उनका अनुसार अफगानिस्तान छाडेकामध्ये ६ सय बढी अफगानिस्तानका पुरुष, महिला र बच्चाहरु छन्, जसलाई आइतबार एक अमेरिकी कार्गो विमानमार्फत् उद्धार गरिएको थियो।

सन् २००१ देखि तालिबानसँग लडाइँ गरिरहेको विदेशी सेना फिर्ता भएपछि  तालिबानले देशको महत्त्वपूर्ण गाउँ र सहरदेखि केन्द्रीय राजधानी काबुलसम्म कब्जा गरेको थियो। 

तर,  तालिबानले अफगानिस्तान छाडेर जाने अमेरिकी नेतृत्वको पश्चिमी सेनामाथि कुनै आक्रमण नगर्ने वाचा गरेको छ। बेलायत मन्त्रालयका अनुसार एक दिनमा हजारभन्दा बढीको उद्धार गरिएको छ। यता, जर्मनीले १३ सयको उद्धार गरेको पुष्टि गरेको छ। 

फ्रान्सले आफ्ना २५ जना नागरिक साथै १४४ अफगान र अस्ट्रेलियाले २६ जनालाई काबुलबाट उद्धार गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यता, शक्ति एकिकृत गरेपछि तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरादार १० वर्षभन्दा बढी समयपछि पहिलोपटक अफगानिस्तान फर्केका छन्।

‘विगतमा हाम्रा नेताहरु गोप्य रहन्थे। तर, अहिले खुलेर देखा पर्न थालेका छन्।  बिस्तारै बिस्तारै विश्वले हाम्रा सबै नेताहरुलाई देख्नेछ। गोपनीयताको कुनै छाया हुनेछैन,’ तालिबानका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भने।

के तालिबान परिवर्तन भएको हो?
तालिबानका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले महिलाहरुलाई काम र अध्ययन गर्न दिइने र समाजमा धेरै सक्रिय हुने बताएका छन्। तर, इस्लामिक कानुनको ढाँचा भित्र रहनुपर्ने उनले बताए। 

शरिया धार्मिक कानुनद्वारा निर्देशित शासनको बीचमा तालिबानले महिलाहरुलाई काम गर्नबाट रोकेका थिए। केटीहरुलाई विद्यालय जान दिइँदैनथ्यो र महिलाहरुलाई बाहिर निस्किँदा बुर्का लगाउनु पर्थ्यो र एक पुरुष लिएर हिँड्नुपर्थ्यो।

Xtrem

Xtrem

यद्यपि, थुप्रै अफगानी जनता तालिबानको प्रतिज्ञाप्रति शसंकित छन्। कतिपयले भने उनीहरु परिर्वतन भएको बताएका छन्। 

‘मेरो परिवार तालिबानको अधीनमा रह्यो र हुनसक्छ कि उनीहरु साँच्चै परिवर्तन गर्न चाहन्छन् वा परिवर्तन भएका छन्। तर, समयले मात्र बताउनेछ, यो छिट्टै स्पष्ट हुनेछ,’ एक सिलाई पसल चलाइरहेकी फरिश्ता करीमीले भनिन्।

मुजाहिदले भने तालिबानले पूर्वसैनिकहरु र सरकारी अधिकारीसँग बदला लिन चाहँदैनन्। यस्तै, भूतपूर्व सैनिकहरुका साथै ठेकेदारहरु र विदेशी सेनाका लागि काम गरेका दोभाषेलाई आममाफी दिइएको छ। 

‘कसैले कसैलाई हानि गर्ने छैन, कोही तपाईंको ढोका ढकढक गर्ने छैन,’ उनले भने, ‘अहिले र २० वर्ष पहिलेको तालिबानबीच ठूलो फरक हुनेछ।’

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्