काठमाडौं- तालिबानले अफगानिस्तानका सबै सरकारी कर्मचारीलाई 'आम माफी' दिने घोषणा गरेको छ। उसले पूरै विश्वासका साथ काममा फिर्ता हुन आग्रह गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'सबैका लागि आमा माफी घोषणा गरिएको छ। यसकारण सबैजना पूरा भरोसाका साथ नियमित दिनचर्या सुरु गर्न सक्नु हुनेछ।'
यो घोषणा यस्तो समयमा गरिएको छ, जतिबेला अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमा देशद्वारा समर्थित संस्थानका कर्मचारी र सरकारी कर्मचारी तालिबानले उनीहरुसँग बदला लिने त्रासमा थिए।
तालिबानलाई बर्बर सजाय दिनेका रुपमा लिने गरिन्छ। उनीहरुमाथि युद्ध अपराधको आरोप लाग्ने गरेको छ। तर, तालिबानले भने त्यसको खण्डन गर्दै आएको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।