काठमाडौं- सामाजिक सञ्जाल फेसबुकले तालिबानबारे राखिएका सामग्रीलाई हटाउने जनाएको छ।
अफगानिस्तानमा कब्जा जमाएको तालिबानबारे फेसबुकमा राखिएका सामग्री हटाउनका लागि अफगान विशेषज्ञको एक टीमले निगरानी गरिरहेको फेसबुकका एक अधिकारीले जनाएका छन्।
फेसबुकलाई तालिबानले सूचना आदानप्रदानका लागि मुख्य रुपमा प्रयोग गर्ने गरेको छ।
तालिबानलाई फेसबुकले खतरनाक संगठनको सूचीमा राखेकाले उनीहरुको प्रचार हुने खालका सामग्री प्रतिबन्धित रहेको जनाएको छ। फेसबुकको फोटो सेयरिङ एप इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले ब्लुमबर्ग टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा तालिबानबारेका सामग्रीमाथिको निगरानी जारी रहने बताएका बीबीसीले जनाएको छ।
अमेरिकी कानुन अनुसार तालिबान आतंककारी संगठन भएको र आफूहरुले पनि उनीहरुलाई खतरनाक समूहमा राखेको उनले बताए।
सामाजिक सञ्जालको मुख्य कम्पनीले राष्ट्रीय सरकारको मान्यताबारे आफूहरुले निर्णय नलिने र अन्तर्राष्ट्रिय समुदायको अधिकारको पालना गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।