काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानको अवस्थाका लागि देश छाडेर भाग्ने उसका नेता जिम्मेवार रहेको बताएका छन्।
अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले तालिबानले अफगानिस्तानमा कब्जा गर्ने क्रमलाई तिब्रता दिनथालेसँगै नेता भागेको र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगानि सैनिक तालिबानसँग लड्न नचाहनु प्रमुख कारण रहेको बताएका हुन्।
उनले भने, " सत्य के हो भने तिब्ररुपमा परिस्थित बदलियो किनकी अफगान नेताहरुले हतियार बिसाए र कयौं स्थानमा अफगान सेनाले विना संघर्ष हार स्वीकार गर्यो।"टेलिभिजनमा प्रसारित आफ्नो भाषणमा वाइडेनले आफ्नो निर्णयमा अडिग रहेको बताए।
उनले भने, 'अब अफगानिस्तान स्वयं आफ्नो लागि लड्न चाहँदैन भने अमेरिकालाई यस्तो लडाइमा सहभागी हुनुछैन र यसमा आफ्नो ज्यान गुमाउनु छैन।'
आफ्नो फैसलाका बारेमा उनले भने, 'तालिबानसँग वार्ता पूर्ववर्ती डोनाल्ड ट्रम्पको कार्यकालमा सुरु भएको थियो र पछि अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति कम गरिएको थियो। एक समय अफगानमा १५ हजार ५ सय अमेरिकी सेना तैनाथ थिए र त्यही सम्झौतापछि सैनिकको संख्या घटाएर २ हजार ५ सय बनाइएको थियो।'
राष्ट्रपतिको रुपमा आफ्नो दुई विकल्प रहेको उनको भनाइ छ। पहिला भएको सम्झौताको पालना गर्नु र फेरि तालिबानसँग लडाइ सुरु गर्नु। दोस्रो बिकल्प छान्दा फेरि युद्धमा जानुपर्ने थियो।
वाइडेनले अमेरिकाले अफगानिस्तानमा जारी संकटको कूटनीतिक समाधान खोज्न प्रयास गर्ने जनाएका छन्।
उनले अमेरिकी सेनामाथि हमला गरिए वा अमेरिकी अभियानमा असर पुगे त्यसको जवाफ तालिबानलाई तुरुन्त दिइने उनले चेतावनी दिए।
उनले भने, ' तालिबानलाई हामीले पहिलेनै स्पष्ट गरेका छौ यदी अमेरिकी सैनिकमाथि हमला गरिए या फेरि अमेरिकी अभियानमा असर पुगे अमेरिकाले तत्काल यसको जवाफ दिने छ र जरूरत पर्दा आफ्नो पूरै विध्वंसक शक्तिका साथ अमेरिकाले आफ्ना नागरिकको रक्षा गर्ने छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।