काठमडौं- अफगान रेडक्रसका प्रमुख इलोई फिलिअनले संगठनले अफगानिस्तानमा आफ्नो काम जारी राख्ने बताएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले राजधानी काबुलबाहेक कतिपय स्थानमा लडाइँ चलेकाले मानवीय सहयोग आवश्यक रहेकाले आफ्नो कामलाई निरन्तरता दिइने बताए।
‘कान्दाहार, हेरात र लश्कर गाह जस्ता शहरहरुमा हप्तौं भारी लडाइँ पछि ठूलो मानवीय सहायताको आवश्यकता छ। हजारौं घाइते भएका छन्। मानिसहरुको घरहरु भत्किएका छन्। अस्पतालहरु क्षतिग्रस्त भएका छन्,’ उनले भने।
उनले रेडक्रस अन्तर्राष्ट्रिय समितिको आफूहरुलाई आवश्य साथ रहेको बताउँदै अफगानिस्तान आफ्नो उपस्थिति नघटाउने बताएका छन्।
‘हामी ३० वर्षदेखि यस देशमा काम गरिरहेका छौं र यो रोकिने छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।