काठमाडौं- अफगानिस्तानमा तालिबान लडाकू राजधानी काबुलमा प्रवेश गरेपछि विदेशीहरूलाई भाषासम्बन्धी सहयोग गरेका हजारौं अफगानी नागरिक तथा अन्य सहयोगका लागि अफगानिस्तान पुगेका विदेशीहरू खतरामा परेका छन्।
अमेरिका, बेलायतलगायत यूरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई काबुलबाट फिर्ता गर्ने तयारी गरिरहेका छन्। कतिपय एसिया, मध्यपूर्वलगायतका सीमा क्षेत्रका नागरिकहरू पनि आफ्नो सरकारले फिर्ता गर्ने पर्खाइमा रहेका छन्।
यसैबीच नेटो सेनाका लागि २० वर्षदेखि काम गरेका दोभासेहरूका लागि तालिबानको सत्तारोहण चिन्ताको विषय हुन पुगेको छ। तालिबानले उनीहरूलाई देशद्रोहीका रूपमा हेर्ने गरेको छ। नेटो सैनिकको अफगानिस्तानबाट फिर्तासँगै उनीहरूले तालिवानको निशाना बन्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
दोभासेहरूले आफूलाई बेलायत स्थानान्तरण गर्ने विषयमा स्पष्टता होस् भनेर अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
बेलायतले यस पहिले नै दोभासेको काम गरेका कम्तीमा एक हजार ८०० अफगान र उनीहरूका परिवारलाई बेलायत प्रवेश गर्न दिइसकेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।