काठमाडौं- अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ‘सबैभन्दा ठूलो भूल’ भएको जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले बताएका छन्।
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा लिएपछि सीडीयू पार्टीका प्रमुख आर्रिन लाश्चेटले अन्तर्राष्ट्रिय समुदायको यो सहभागिता सफल भएन भन्ने कुरा स्पष्ट रहेको बताए।
‘यो नेटोले आफ्नो स्थापना कालदेखि नै भोगेको सबैभन्दा गम्भीर परिणाम हो र हामी नयाँ विकासक्रमको परिवर्तनलाई हेरिरहेका छौं,’ उनले भने।
उनले जर्मनीको अहिलेको प्रमुख ध्यान अफगानिस्तानबाट जर्मन सैनिकको उद्धार कार्यमा केन्द्रित गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।