काठमडौं- अमेरिकी प्रशासनले अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने जनाएको छ।
तालिबानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला उक्त भनाइ आएको हो।
एक अधिकारीले भने, ‘अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिबानलाई उपलब्ध गराइने छैन।’
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो। तर, यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ।
अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।