अफगानिस्तानको सडकमा रहेका तालिबान लडाकू, तस्वीर:EPA
काठमडौं- साउदी अरेबिया सरकारले अफगानिस्तानबाट आफ्ना सबै कूटनीतिज्ञहरु सुरक्षित रियाद फर्किएको बताएको छ।
साउदी अरबको सरकारी समाचार एजेन्सीका अनुसार अफगानिस्तानको अस्थिर स्थितिलाई ध्यानमा राखेर परराष्ट्र मन्त्रालयले आइतबार काबुलबाट आफ्नो दूतावासका सबै कूटनीतिज्ञहरुलाई निकाल्ने घोषणा गरेको थियो।
सन् १९९६ मा अफगानिस्तानमा तालिबान सरकारलाई मान्यता दिने तीन देशमध्ये साउदी अरब एक थियो।
उनीहरु बाहेक पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई)ले पनि तालिबान सरकारलाई मान्यता दिएको थियो।
१९९० को दशकमा तालिबानको जरा कट्टरपन्थी सुन्नी इस्लामवादी विचारधारा पछ्याउने मदरसाहरुसँग जडिएको थियो।
यो मानिन्छ कि यी मदरसाहरु साउदी अरबबाट पैसा प्राप्त गर्नको लागि प्रयोग गरिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।