काठमडौं- महिला तथा छात्राहरुको शिक्षालगायत क्षेत्रमा अधिकारबारे वकालत गरेपछि तालिबानको आक्रमणमा परेकी पाकिस्तानी युवती मलाला युसुफजाईले अफगानिस्तानको पछिल्लो अवस्थामाथि अन्तर्राष्ट्रिय समुदायबाट हस्तक्षेप हुनुपर्ने बताएकी छिन्।
सामाजि सञ्जालमार्फत् उनले तालिबानकारण अफगानिस्तानमा मानव अधिकारको अवस्थालाई लिएर गहिरो चिन्ता लागेको बताएकी छिन्।
‘अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएको हेरिरहँदा स्तब्ध छु। विश्व, क्षेत्रीय र स्थानीय शक्तिले तत्काल युद्ध विरामका लागि पहल गर्नुपर्छ’, ट्विटरमा मलालाले लेखेकी छिन्।
उनले आपतकालीन मानवीय सहयोगसहित शरणार्थी र नागरिकको सुरक्षामा काम गर्नुपर्ने पनि बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।