काठमाडौं- अफगानिस्तानको काबुलमा उड्न लागेको विमानबाट खसेर कम्तीमा दुई जनाको मृत्यु भएको दाबी गरिएको छ।
तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अन्य देशमा जाने एक मात्र विमानस्थल काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल हजारौं अफगानी नागरिकहरु जम्मा भएका थिए।
सोमबार सामाजिक सञ्जालमा देखिएको भिडियोमा अमेरिकी सैन्य विमान उड्ने तयारी गरिरहँदा केही मानिसहरु विभिन्न ठाउँबाट चढ्ने प्रयास गरिरहेको देखिन्छ।
त्यसरी चढेका दुई जनाको खसेर मृत्यु भएको बताइन्छ। तर, बेलायती समाचार संस्था बिबिसीले यसको स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ।
त्यसअघि सोमबार बिहान विमानस्थलमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। अमेरिकी सेनाले विमानस्थलमा फायर गर्दा उनीहरुको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।